लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना: नेपाल स्टक एक्सचेन्ज लि.
नेपाल स्टक एक्सचेन्ज लि. युनएनआई शान्तीमार्ग, काठमाण्डौ
लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
नेप्सेको देहायका बिज्ञापनमा लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये बर्णानुक्रमानुसार देहायका रोल नम्बर नाम/थर भएका उम्मेदवारहरु उत्तीर्ण भई अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचनमा प्रकाशित गरिएको छ ।
अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो (दुई) प्रति, आवश्यक न्युनतम योग्यता एकिन हुने सम्पूर्ण प्रमाणपत्रका सक्कल प्रति तथा अन्य आवश्यक कागजातहरु दरखास्त फारामको प्रथम र द्धितिय पाना १/१ प्रति भरी देहायको स्थान, मिति र समयमा हुने अन्तर्वार्ता दिन प्रवेश पत्र समेत साथमा लिई १ (एक) घण्टा अगाबै नेप्सेको सभाकक्षमा अनिवार्य उपस्थित हुनु पर्नेछ ।
अन्तर्वार्ताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ । आवश्यक न्युनतम योग्यता तथा अन्य आवश्यक कागजातहरुको प्रमाणपत्रहरु नपुयाएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ ।
