शिक्षा  दिवसका दिन मन्त्रालयले पदक वितरण नगर्ने

शिक्षा  दिवसका दिन मन्त्रालयले पदक वितरण नगर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा प्रदान गरिने  भनिएको नेपाल विद्याभूषण‘क’ ‘ख’  र ‘ग’ नेपाल छात्रा विद्यापदक ‘क’ ‘ख’ नेपाल प्रविधि विद्याभूषण तथा प्रमाणपत्र वितरणको कार्य स्थगित गरेको छ ।

मन्त्रालयले प्राविधिक कारण देखाउँदै उक्त कार्य स्थगित गरेको हो ।

मन्त्रिपरिषद्को गत जेठ ९ गतेको बैठकबाट प्रत्येक वर्षको असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको र सो अवसरमा प्रदान गरिने नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र छात्रा पुरस्कार प्राप्त गर्न योग्य व्यक्तिहरूबाट मिति साउन २१ गतेदेखि भदौ ३ गते सम्म आवेदन माग गरेको थियो ।

मन्त्रालयले सूचना जारी गर्दै आगामी असोज २ गते पदक तथा प्रमाणपत्र प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरिने तथा पदक निर्माणको कार्य प्राविधिक कारणबाट तयार हुन नसक्ने भएकोले सो दिन पदक तथा प्रमाणपत्र वितरण नहुने उल्लेख गरेको छ । उक्त पदक तथा प्रमाण पत्र वितरणसम्बन्धी सूचना पछि प्रकाशित गरिने सूचनामा उल्लेख गरेको छ ।