कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ५८ जना विद्यार्थी दिक्षित भएका छन् ।

पहिलो पटक दीक्षित भएका विद्यार्थीहरुमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र तहमा अध्ययन पूरा गरेकाहरु रहेका छन् । प्रतिष्ठानका अनुसार स्नातकतर्फ १३ जनाबीएमएस, ३८ जना बीपीएच, र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३, एमडी एनेस्थेसियामा १ तथा एमडी पेडियाट्रिक्समा १ विद्यार्थी दीक्षित भएका छन् ।

सो समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानमा आवश्यक सेवा, सुविधामा उपलब्ध गराउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए । प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको र चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा खुसी व्यक्त गर्दै दीक्षित विद्यार्थीहरूलाई हरेक क्षेत्रमा सफलता हासिल गरी नयाँ नयाँ कीर्तिमान कायम गर्न शुभकामना दिए।

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्री ओलीले आग्रह गर्दै भने, ‘म खुसी व्यक्त गर्न चाहान्छुु, कर्णाली अगाडि बढ्दै छ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो ।’