बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थी

बोर्डको सर्वर नखुलेपछि हैरान परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गर्नका लागि बोर्ड बैठक बस्नु अगाडिदेखि सर्वरमा आएको समस्या अझै सुल्झिन सकेको छैन ।

बोर्डको बेवसाइट आज बिहानैबाट नखुलेपछि विद्यार्थी तथा अभिभावक चिन्तित भएका छन् ।

नतिजा सार्वजनिक हुनभन्दा अगाडिदेखि नै नखुलेको बेवसाइट अहिलेसम्म नखुल्दा विद्यार्थीहरू आफूहरू मर्कामा परेको गुनासो गर्न थालेका छन् ।

बेवसाइट नखुलेपछि विद्यार्थीहरू विभिन्न अनलाइनलाई आफ्नो नतिजा हेरीदिन सिम्बोल नम्बरसहित आग्रह गरेका छन् ।

यस विषयमा बोर्डमा सम्पर्क गर्न खोज्दा हुन सकेन ।

नतिजा प्राप्त गर्ने तरिका

अहिले  प्रकाशित भएको नतिजा आईभीआर, एसएमएस र युएसएसडी तथा  बेवसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

परीक्षार्थीहरू तथा अभिभावकले  केही समयपछि आईभीआरका लागि

नेपाल टेलिकमको लेण्ड फोन, मोवाइलबाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने, एसएमएसका लागि मोवाइलको म्यासेज बक्समा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि

नेपाल टेलिकमको Mobile बाट १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्न सकिने छ ।