द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न

द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न

द ब्रिटिस कलेज (टीबीसी)ले दुई दिने जब फेयर सम्पन्न गरेको छ । थापाथलीस्थित कलेज परिसरमा आज सो फेयर सम्पन्न भएको हो । जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरुको सहभागिता रहेको थियो ।

जब फेयरमा ४०० भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरुले अन्तक्रिया र अन्तर्वार्ता दिएका छन् । कलेजका पूर्व विद्यार्थी र स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातोकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरुको जब फेयरमा सहभागिता रहेको कलेजले जानकारी दियो ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा विभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको उपस्थिति थियो । लक्ष्मी इन्टरकन्टिनेन्टल ग्रुप (हुण्डाई), घोराही सिमेन्ट, सम्राट सिमेन्ट, सिजी होल्डिङ, क्लासिक टेक, डिसहोम प्रा. लि, एसएमटेक टेक्नोलोजी, सेफ्वे टेक्नोलोजी, क्लाउड फ्याक्ट्री, जेनेसिस सोलुसन्स, वियोण्ड आइडी, लिप फ्रग टेक्नोलोजी इंक, पेप्सी (वरुण विभरेज), सामसुङ इण्डिया, विशाल ग्रुप (युडीएन), दक्ष नेपाल, आइडीपी, आइएमई ग्रुप, मिडास, दराज, सस्तो डिल, एक्ट ३६०, एफवान सफ्ट (इ–सेवा), युएनडिपी, भिएसओ इन्टरनेशनल, टिच फर नेपाल, अम्बे स्टिल्स, शंकर ग्रुप (जगदम्बा स्टिल्स), सिजी फुड्स, सुजल फुड्स, सिद्वीलक्ष्मी स्टिल्स, जावलाखेल ग्रुप अफ कम्पनी, फ्युलर हिमालयन लिमिटेड, उपाय सिटी कार्गो, किरन सुज, गोल्यान ग्रुप, सिइ कन्स्ट्रक्सन, नेपाल लाइफ इन्स्योरेन्स, वल्र्ड लिंक प्रा. लि लगायतका कम्पनीहरु जब फेयरमा सहभागिता रहेको थियो ।

‘रोजगारी गर्न चाहने सबै इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न हामीले मद्दत गर्दै आइरहेका छौँ ।’ कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले भने, ‘त्यसैले पनि यो जब फेयरको आयोजनाले हामी हाम्रा विद्यार्थीहरूलाई आवश्यक पर्ने सही रोजगारी वा इन्टर्नसिप खोज्न सम्भव बनाउने कुरामा आशावादी रहेका छौँ ।’

‘हाम्रा विद्यार्थीले स्नातक गरेपछि सिधै काममा जाने अवसर पाउँछन् भन्ने कुरा सुनिश्चित गर्न र उनीहरूको रोजगारी क्षमता र सीपहरू सुधार गर्न कलेजले फ्रोक्स जबसँग साझेदारी गरेको कलेजका स्टुडेड सर्भिस र इन्टर्नसिप विभागका प्रमुख सुनिल श्रेष्ठले बताए ।उनले कार्यक्रम भब्य रुपमा स बनाउन सहयोग गर्ने सबै सहभागी कम्पनीहरूलाई धन्यवाद समेत ज्ञापन गरे ।