विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्न

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे १३ औं दीक्षान्त समारोह सम्पन्न

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोह आठ वर्ष पछि आज सम्पन्न भएको हो ।  सो समारोहमा प्रतिष्ठानका  ६५७ विद्यार्थी दीक्षित भएका  छन् ।

दीक्षान्त समारोहमार्फत आज प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।

समारोहम प्रतिष्ठानका सन् २०१० देखि २०१७ ब्याचका एमबीबीएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीहरू रहेका छन् ।

सो दीक्षान्त समारोहमा भारतका शिक्षाविद् प्रा डा ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहेको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललगायतको सहभागिता रहेको थियो  ।

कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दै आएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीहरूलाई वितरण गरिएको छ ।  प्रतिष्ठानबाट हालसम्म एमबीबीएसमा २४ ब्याच र बीडिएसमा १८ व्याचका विद्यार्थी उत्पादन गरिसकेको छ ।