राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष छनोटमा परेका विद्यालय (विस्तृत विवरणसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष छनोटमा परेका विद्यालय (विस्तृत विवरणसहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १५७ विद्यालय सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रस्तावक विद्यालयको प्रस्ताव स्वीकृत गरेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नामावली सार्वजनिक गरेको हो । 

जसमध्ये चार कोठे भवन ९७६, दुई कोठे भवन ९६६, आइसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ वटा निर्माण गर्ने गरी स्वीकृति दिएको छ ।

चार कोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख रुपियाँ, दुई कोठे भवन निर्माणका लागि १८ लाख रुपियाँ, आइसीटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार रुपियाँ, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख छ हजार रुपियाँ, गत आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख रुपियाँ र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरनोन्नितका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।

राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रुपियाँ बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना अनुसार प्रस्ताव पेश गर्ने विद्यालयहरु मध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा रहेको व्यवस्था बमोजिम विद्यालय र कार्यक्रम छनोट भएको केन्द्रका निर्देशक गीता घिमिरेले जानकारी दिइन् ।कार्यक्रम कार्यान्वयन प्रक्रिया तथा वजेट सम्वन्धित स्थानीय तहमा तत्काल वित्तीय हस्तान्तरण हुने उनले बताइन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आव २०७८–०७९ का लागि छनोटमा परेका विद्यालय र कार्यक्रमहरुः

छनोटमा_परेका_विद्यालय_र_कार्यक्रम