पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा गंगोल उपकुलपति

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा गंगोल उपकुलपति

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा राजेशनाथ गंगोललाई आज उपकूलपति नियूक्त गरेका छन् ।

सहकूलपति एवं स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठी संयोजक रहेको समितिको सिफारिस अनुसार प्रतिष्ठानका उपकुलपति तथा प्रधानमन्त्री ओलीले उनलाई नियुक्ति गरेका हुन् ।

छनोट समितिले पहिलो नम्बरमा कार्यवाहक उपकुलपति प्राडा गंगोलको नाम सिफारिस केही दिन अघि नै पहिलो नम्बरमा राखेर सिफारिस गरेको थियो ।

गत चैत १२ गते सर्ट लिस्टबाट छनोट गरी नौे जनालाई प्रतिष्ठानको उपकूलपतिका लागि सिफारिस गरिएको थियो।

समितिले चैत ८ मा निवेदन दिएका मध्येबाट पहिलो चरणको सर्टलिष्ट छनौट गरी सार्वजनिक गरेको थियो । त्यसबेला नौ जनाको नाम सार्वजनिक गरेको थियो ।