प्राविको विज्ञापन संशोधन, ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)

प्राविको विज्ञापन संशोधन, ९९१ दरबन्दी थप (संशोधित विज्ञापन सहित)

शिक्षक सेवा आयोग शिक्षकले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन संशोधन गरेको छ ।

साबिक दरबन्दी ४ हजार ४६२ रिक्तमा अन्य पद थप गरी ५ हजार ४५३ पदका लागि आवेदन खुला गरिएको छ ।

आयोगले गरेको विज्ञापन अनुसार कोशीबाट साबिक १०७७ मा पद थप भई १३१८, मधेशबाट ५०८ नै कामय भएको छ । त्यसैगरी बाग्मतीबाट ११०३ रिक्त दरबन्दीमा अन्य पद थप भइ ११५७ बनाइएको छ । त्यसैगरी गण्डकीबाट ८०० पदमा थप गरी ११८८,लुम्बिनीबाट ४९५ मा थप गरी ६७९ ,कर्णालीमा १७७मा अन्य पद थप गरी २८९ र सुदुर पश्चिममा ३०२ रिक्त दरबन्दीमा थप गरी ३१४ पदका लागि विज्ञापन संशोधन गरिएको हे ।

आयोगले आजदेखि जेठ १३ गतेसम्म नियमित दस्तुरमा र २० गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने गरी विज्ञापन गरेको छ । आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन सकिने छ ।

संशोधित विज्ञापन