गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित, निर्देशन पालना नगरेको आरोप
.jpg)
नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम यो निर्णय गरेको हो।
संगठन निलम्बनसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले एन-प्याब्सनले ऐनको दफा ५ अनुसार जारी निर्देशन बारम्बार पालना नगरेको जनाएको छ। साथै, संगठनका पदाधिकारीले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीत काम गरेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार यस विषयमा सरोकारवाला पक्षहरूसँग २०८३ साल भदौ २३ गते छलफल गरिएको थियो। छलफलमा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ कार्तिक १२ गते जारी गरेको निर्देशनबमोजिम काम गर्न आग्रह गरिएको थियो। तर, सोअनुसार काम भएको नदेखिएकाले निर्देशन पालना नगरेको आधारमा ऐनको दफा ६ को उपदफा (२) बमोजिम संगठन निलम्बन गरिएको सूचनामा उल्लेख छ।
