एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिक

एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिक

काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र २०७६ का लागि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजलेछात्रबृत्ति कोटा छुट्याएको हो ।

मन्त्रायले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजमा १२३ जना र काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका कलेजमा १०९ जनाविद्यार्थी छात्रबृत्तिको लागि छनौट गरेको छ । मन्त्रालयले त्रिविका महाराजगञ्ज मेडिकल क्याम्पसमा ७५ प्रतिशत र केयुअन्तर्गत सञ्चालित क्याम्पसमा १० प्रतिशत र विदेशी लगानी भएका क्याम्पसबाट २० प्रतिशत सिट छुट्याई योग्यताक्रमका आधारमा विद्यार्थीको मनोनयन गरेको जनाएको हो ।

डाउनलोड गर्नुहोस :

मनोनयनमा परेका विद्यार्थीहरुको सूची.pdf