शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकताः उपकुलपति बराल

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकताः उपकुलपति बराल

त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बरालले पदबहाली पछि पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर कार्यान्वयनमा हुने बताएका छन् । नियुक्तिपछि गरिएको टेलिफोन सम्पर्कमा उनले प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।    

पदबहालीपछि उपकुलपति प्रा डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।‘त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ’, उनले भने । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति प्रा डा बरालले प्रतिक्रिया दिए। विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ छ।