साझा प्रकाशनका कर्मचारीको ठगी धन्दा, नक्कली प्रमाणपत्र पेश गरेर जागिर

साझा प्रकाशनका कर्मचारीको ठगी धन्दा, नक्कली प्रमाणपत्र पेश गरेर जागिर

साझा प्रकाशनमा कार्यरत कुवेर प्रसाद उपाध्यायले नक्कली प्रमाणपत्र पेश गरी सेवा अवधीमा रहेको भन्दै आरोपपत्र दायर भएको छ ।

उपाध्यायले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट मध्यमा तहको परिक्षा उत्तीर्ण  गरेको झुठो बिबरण पेश गर्दै सेवामा रहेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरिएको हो ।

उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी साझा प्रकाशन शाखा कार्यालय विरगञ्जमा सहायक चतुर्थ पदमा नियुक्ति लिई लाभ लिएको पाइएको छ । उपाध्यायमाथि भ्रष्टाचार निवारण ऐन २०१७ बमोजिम आरोपपत्र दायर गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।