संसद बैठकः तत्काल विद्यालय बन्द गर्न माग

संसद बैठकः तत्काल विद्यालय बन्द गर्न माग

कोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा नेपालपनि रहेको भन्दै सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा वोल्दै सांसद पुष्पा भुषालले भिडभाडमा नवस्न चिकित्सकले सल्लाह दिइसकेको अवस्थामा विद्यालयहरु तत्काल बन्द गर्न आग्रह गरिन् । 

सरकारले समेत भिडभाडमा नजान पत्राचार गरिसकेको छ । सरकारले एकातर्फ भिडभाडमा नजानु भन्नु अर्को तर्फ विद्यालय खोल्नुले सरकारको दोहोरपन देखिएको सांसद भुषालले वताईन् ।  

यसैविच,  कोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै विद्यार्थीहरुले पनि विशेष ध्यान दिनुपर्ने चिकित्सकले प्रतिक्रिया दिए ।

व्यक्तिगत सरसफाईमा मात्रै विशेष ध्यान दिन सकियो भनेपनि यसको जोखिमबाट  केहिहदसम्म बच्न सकिने चिकित्सकहरुले बताए ।कोरोनाभाइरस परिवारको भाइरस हो ।

चीनको हुबेई प्रान्तमा सिफुड ‘माछाजन्य जीव पाइने’ होलसेल मार्केटमा काम गर्ने व्यक्तिमा पहिलो कोरोना संक्रमण देखिएको थियो ।यस भाइरसले निमोनिया निम्त्याउँछ । जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने संकेत देखिन्छ ।

संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ । भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन ।

फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन । संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ ।नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्याधिक सरेको देखिएको छ ।

कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ ।  कोरोना संक्रमितले छोएको वस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यो भाइरस सने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।