मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनको सहकार्य

मलेसियाको सबैभन्दा ठुलो विश्वविद्यालयमा लर्डबुद्ध एजुकेसन फाउण्डेसनको सहकार्य

लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मेलिसियामा पाँचतारे प्लसको अंक प्राप्त गरेको हो । सूचना प्रविधि सम्वन्धी सो विश्वविद्यालय मलेसियामा पाँचतारे प्लस अंकप्राप्त गर्ने एक मात्र विश्वविद्यालय भएको लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जालानले जानकारी दिए । सो विश्वविद्यालयले लर्डबुद्धसँग सूचना प्रविधि विषयमा अध्ययनका लागि लामो समयदेखि सहकार्य गर्दै आएको छ ।

एसिया प्यासिफिक युनिभर्सिटी विदेशी विद्यार्थी अध्यययन गर्ने आधारमा मलेसियाकै सबैभन्दा ठूलो र विश्वको १६ औँ नम्बरमा रहेको लर्डबुद्धद्वरा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि रोजगारी दर समेत शतप्रतिशत रहेको फाउण्डेसनले उल्लेख गरेको छ । एसिया प्यासिफिक युनिभर्सिटीसँग लर्डबुद्ध एजुकेसन फाउण्डेसनले लामो समय देखि सहकार्य गर्दै आएको छ ।

सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेसन फाउण्डेसनले एसिया प्यासिफिक विश्वविद्यालयको सम्बन्धनमा सूचना प्रविधी विषयमा शिक्षा प्रदान गर्दै आएको छ ।

स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिप समेत प्रदान गर्दै आएको फाउण्डेसनले पनि रोजगारी समेत उपलब्ध गराउँदै आएको छ । फाण्डेसनमा अध्ययनरत विद्यार्थी तथा शिक्षकका लागि ११ वटा अनलाइन लाइब्रेरीको समेत सुविधा उपलब्ध गराइएको अध्यक्ष जालानले जानकारी दिए ।

फाउण्डेसनले पढ्दै कमाउँदै नीतिलाई अङ्गीकार गरेर रोजगारयुक्त शिक्षा उपलब्ध गराएको छ । लर्डबुद्ध एजुकेशन फाउण्डेसनमा अध्ययनरत विद्यार्थीले मलेशियाको एसिया प्यासिफिक युनिभर्सिटीमा समेत विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत शैक्षिक सुविधा पाउने अध्यक्ष जालानको भनाई छ ।