शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५  पारित

शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५  पारित

प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको छ ।

संसदले सो विधेयक वहुमतले पारीत गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेले विधेयक प्रस्तुत गरेका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संविधान अनुरुप विधेयक आएको बताएका छन् । संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सामुदायिक विद्यालयहरुको सवलीकरण गर्न कार्यक्रमिक रुपमा अघि बढिएको बताए ।

उनले विपन्न परिवारका छोराछोरीलाई निशुल्क शिक्षा उपलब्ध गराउने गरी विधेयक आएको संसदलाई जानकारी गराए । नेपाललाई शिक्षाको हव वनाउने गरी सरकार लागि परेको बताए । 

प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु  भएको छ ।