साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढे

साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढे

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहनेको संख्या गत वर्षभन्दा बढेका छन् ।

संस्थानद्वारा सञ्चालित विभिन्न  १९ ओटा विषयको प्रवेश परीक्षा दिने विद्यार्थी गत वर्षभन्दा बढी भएका हुन् ।

संस्थानले गत पुस २७ गते लिएको प्रवेश परीक्षामा १ हजार ७१२ विद्यार्थीहरुले परिक्षा दिएका छन ।

गत बर्ष यी सबै कार्यक्रमका लागि १ हजार ४८० जना विद्यार्थीहरु सहभागी भएका थिए ।

उक्त कार्यक्रमहरुमा गत वर्षभन्दा यो बर्ष १३.५ प्रतिशले विद्यार्थी बढेको डिन कार्यालयले जानकारी दियो ।

सो कार्यालयका अनुसार बीईएममा १३, बायो टेक्नोलोजीमा ३७, बोटानीमा ९७, केमेष्टिमा २४३, इञ्जिनियरिङ जिओलोजीमा ४४, इन्भारेमेन्टल साइन्समा १२२, फुड टेक्नोलोजी ३०, जिओलोजीमा ४९,  हाइड्रो र मेटियोरोमा २२, एमएससी (एमएमएस) ८, म्याथम्याटिक्समा ६८, एमडीएसमा ८७,माइक्रोवायलोजीमा १४७, एमआइटीमा १५४, फिजिक्समा ३६८, स्टाय्कस्टिकमा २९ र जिओलोजीमा८१ जनाले प्रवेश परीक्षा दिएका छन् ।